logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल बम विस्फोटमा परी चारको मृत्यु, ३० घाइते


अंकुरण खबर
1.794K
Shares

इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् ।

इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाका मोटरसाइकलमा जडान गरिएको बम विस्फोट गराइएको थियो । यस विस्फोटबाट कैयौ पसल ,भवन र नजिकै रहेका सवारी साधनहरु ध्वस्त भएको पनि गृह मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर इराकमा बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स (आइएस) समूहको नै यस आक्रमणमा हात रहेको हुनु पर्ने प्रहरीको दाबी रहेको छ । यद्यपी सन् २०१७ को अन्त्यबाट इराकमा नाटकीय रुपबाट सुरक्षा व्यवस्थामा सुधार भएको थियो ।