logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वमन्त्री तथा भाजपाका वरिष्ठ नेता अरुण जेटलीको निधन


अंकुरण खबर
3.302K
Shares

भारतका पूर्व अर्थ मन्त्री तथा भारतीय जनता पार्टी९बीजेपी० का वरिष्ठ नेता अरुण जेटलीको आज ६६ वर्षको उमेरमा निधन भएको छ ।

गएको नौ दिनदेखि दिल्लीमा रहेको एम्स अस्पतालमा उनको उपचार भैरहेको थियो । जेटलीको निधन आज मध्यान्ह १२ बजेर ७ मिनेट जाँदा भएको हो । पछिल्लो शनिबार मात्रै भारतीय रक्षा मन्त्री राजनाथ सिंह जेटलीको स्वास्थ्य अवस्था बुझ्न एम्स अस्पताल पुगेका थिए । त्यसभन्दा पहिले अगस्ट ९ मा प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्य मन्त्री हर्षवद्र्धनलगायत अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।

यही महिना श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । मोदीको पहिलो कार्यकालमा अर्थ मन्त्री रहेका जेटली स्वास्थ्यमा आएको खराबीसँगै नयाँ सरकारमा कुनै जिम्मेवारी नलिने बताएका थिए ।