केही समयअघि सामाजिक सञ्जालमा एक जना भारतीय महिलाको भिडिओ भाइरल भएको थियो । रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाएकी ती महिलाको भिडिओ हेरेर तारिफ नगर्ने सायदै कोही थिए।
भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा ‘एक प्यारका नग्मा है’ गाउने महिला हुन् रानु मोन्डल । उनी यसरी गाएरै आफ्नो पेट पाल्दै आएकी थिइन्।
एक दिन उनको स्वर सामाजिक सञ्जालमा गुञ्जियो। मिठो स्वर भएकी उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर ‘जस्तै’ भने । रानु आफैंले पनि लताबाट प्रेरित भएको बताएकी थिइन् । त्यसैले उनलाई रानाघाटकी लता मंगेशकरु पनि भन्न थालिएको छ । एजेन्सी