फोर्ब्स म्यागिजनले बुधबार संगीत क्षेत्रमा सबैभन्दा बढी कमाउने गायक–गायिकाको सूची सार्वजनिक गरेको छ । फोर्ब्सका अनुसार अमेरिकी पप गायिका टेलर स्विफ्ट पहिलो नम्बरमा छिन् ।
फोर्ब्सका अनुसार ‘हाइएस्ट पेइड सेलिब्रिटी’ टेलरको वार्षिक आम्दानी १८५ मिलियन डलर छ । उनको एक दिनको कमाइ ५ लाख ६० हजार डलर छ । फोर्ब्सको यो सूचीमा बियोसे दोस्रो तथा रिहाना तेस्रो नम्बरमा छन् । फोर्ब्सले अघिल्लो महिना सबभन्दा बढी कमाइ गर्ने ग्लोबल सेलेब्सको सूची सार्वजनिक गरेको थियो ।
टेलर स्विफ्ट यसमा पनि पहिलो नम्बरमा थिइन् । यो सूचीमा केवल दुई महिलाले मात्र स्थान पाएका छन्, जसमा टेलर सिफ्टका अतिरिक्त दोस्रो नम्बरमा अमेरिकी रियलिटी स्टार तथा मोडल काइली जेनर थिए ।