बलिउड अभिनेत्री बन्ने सपना बोकेकी संघर्षरत एक भारतीय मोडेलले बिहिबार आफू बस्दै आएको फ्लयाटतेश्रो तला०बाट हाम फालेर आत्महत्या गरेकी छिन् ।
मुम्बईको पोश ओशिभारा क्षेत्रमा पर्ने एक अपार्टमेन्टमा बस्दै आएकी पर्ल पञ्जाबी नामले चिनिने मोडलले हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । जुन भवनमा मोडल पञ्जाबी बस्दै आएकी थिइन्, उक्त भवनका पाले बिपिन कुमार ठाकुरका अनुसार, घटना रातको करिब १२ः१५ देखि १२ः३० को बीचमा भएको हो ।
उक्त घटना हुनअघि कसैले चिच्याएको आवाज आएको ठाकुरले बताएका छन् । तर, उनलाई सडकमा कोही कराइरहेको जस्तो लाग्यो । ठाकुरका अनुसार, मोडेल पर्ल बस्दै आएको भवनको तेश्रो तलाबाट आवाज आएको थियो । पर्ल आफ्नी आमासँग झगडा गरिरहने गरेको पत्ता लागेको थियो ।
यसअघि पनि पर्ल दुई पटक आत्महत्या गर्ने प्रयास गरिसकेकी थिइन् । त्यस्तै, प्रहरीका अनुसार पर्ल पञ्जाबी मानसिक रुपले चिन्तित रहने गरेको थिइन् । प्रहरीले मोडेलको शरीरलाई पोस्टमार्डमका लागि पठाएको छ र जाँच जारी रहने प्रहरीले बताएको छ । एजेन्सी