काबुल – अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन् भने, अन्य तीन जना घाइते भएका गृह मन्त्रालयको स्रोतले जनाएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार काबुलको एक प्रहरी चौकीलाई लक्ष्य गरेर सो बम राखिएको थियो । राजधानी काबुलको पञ्जसाद भन्ने स्थानमा रहेको एक प्रहरी चौकीलाई लक्ष्य गरेर राखिएको बम विस्फोट भएर त्यस चौकीमा कार्यरत दुई जना प्रहरी अधिकारी मारिएका छन ।
स्थानीय समयानुसार बिहीबार बिहान ४ः३० बजे प्रहरी चौकीको बाहिरी इलाकामा राखिएको विस्फोट पदार्थ विस्फोटनमा परी सो हताहत भएको गृह मन्त्रलायका प्रवक्ता नसरात रहिमीले सिन्ह्वा समाचार समितिलाई बताएका छन्।
उक्त विस्फोटमा मारिएका र घाइते व्यक्तिलाई प्रहरीको अस्पतालमा लगिएको र यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । । तर पनि यस विस्फोटमा तालिबान लडाकू समूहकै हात हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।