logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियामा नेपाली गार्डले तलब नदिएको भन्दै गरे सुपरभाइजरको हत्या


अंकुरण खबर
1.625K
Shares

मलेसियाको मलायामा एक नेपालीले सुपरभाइजरको हत्या गरेका छन् ।

सोमबार मलायाको एक अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको रिसले सुपरभाइजर ५४ वर्षीय ली पोह मेङको हत्या गरेका हुन् । प्रहरीले घटनामा उनीसहित दुई नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ । सेप्टेम्बर १ मा ६ः१० बजेतिरली पोह मेङकलाई कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हानिएको सीसीटीभी फुटेजमा देखिएको छ ।
हत्याको आरोपमा दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको बताए पनि पक्राउ पर्नेको नाम भने खुलाइएको छैन् ।