logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको पञ्जाबमा पटाका कारखाना विस्फोट, २३ को मृत्यु, २७ घाइते


अंकुरण खबर
1.274K
Shares

नयाँ दिल्ली – भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । विस्फोटको बेला कारखानामै रहेका अन्य २७ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा बुधबार विस्फोट भएको थियो । पञ्जाबको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको थियो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाएका थिए ।

भारत सरकारले यस घटनामा मारिएका प्रति व्यक्तिलाई २ लाख भारु क्षतिपूर्ति स्वरुप दिने भएको छ । सो घटनामा घाइते भएका व्यक्तिहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिइने समाचारमा जनाइएको छ । सोही कारखानामा गत वर्ष पनि विस्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।