logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिम्बाब्वेका पूर्व राष्ट्रपति मुगाबेको ९५ वर्षको उमेरमा निधन


अंकुरण खबर
1.053K
Shares

जिम्बाब्वे स्वतन्त्र हुनुभन्दा अघिका नेता रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी र स्वास्थ्य समस्याबाट ग्रस्त रहेको परिवारिक स्रोतले बीबीसीलाई बताएको छ ।

मुगाबे सन् १९८० देखि जिम्बाब्वे स्वतन्त्रतापछि सत्तामा आएका थिए । सन् १९८० मा उनी प्रधानमन्त्री बने । त्यसपछि सन् १९८७ मा उनले प्रधानमन्त्रीको पद समाप्त गर्दै आफैँलाई राष्ट्रपति घोषित गरे । सन् २०१७ मा सेनाले सरकार बनाएपछि रोबर्ट मुगाबे सत्ताबाट हटेका थिए । योसँगै उनको तीन दशकको शासनकाल समाप्त भएको थियो ।

सन् १९२४ फेब्रुअरी २१ मा त्यस समयको रोडेशियामा उनको जन्म भएको थियो । सन् १९६४ मा रोडेशियाई सरकारको आलोचना गरेका कारण मुगाबेलाई एक दशकभन्दा बढी समयसम्म बिना ट्रायलको जेलमा राखिएको थियो ।