logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानमा आँधीबाट चार लाख मानिस प्रभावित, हवाइ तथा रेलवे सेवा अवरुद्ध


अंकुरण खबर
2.405K
Shares

भारी वर्षापछि आएको आँधीले जापानको जनजीवन प्रभावित बनाएको छ । फक्साई नामको आँधीका कारण जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेका छन् । ती शहरका ३ लाख ९० हजार नागरिकलाई सुरक्षित रहन अपील गरिएको छ ।

आँधीका कारण जापानका सय भन्दा बढी हवाई उडानहरु रद्द भएका छन् भने रेलवे सेवासमेत अवरुद्ध भएपछि बनेपछी सयौं यात्रु अलपत्र परेको बीबीसीले जनाएको छ । बिजुली आपूर्ति बन्द हुँदा २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य छन् । सरकारी कार्यालयहरुको कामकारबाही पनि प्रभावित बनेको छ ।

प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधी अझ केही दिन रहने मौसमविद्हरुले जनाएका छन् । केही घरहरुमा क्षति पुगेकोले उद्धारकर्मीहरु परिचालन गरिएका छन् ।