logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जम्मु–काश्मिरमा भूकम्प


अंकुरण खबर
884
Shares

श्रीनगर – भारतको केन्द्रशासित राज्य जम्मुकाश्मिर तथा हिमाञ्चलन प्रदेश (चम्बा) को सीमा क्षेत्रमा भूकम्प गएको छ ।

सोमबार दिउँसो स्थानीय समयअनुसार १२ बजेर १० मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ५ रेक्टर स्केल मापन गरिएको छ । हिमाञ्चल प्रदेशको चम्बा क्षेत्रमा लगातार दोस्रो दिन भूकम्पको झट्का महसुस गरिएको छ ।

आइतबार दुईपटक भूकम्पको धक्का महसुस गरिएको थियो । सोमबारको भूकम्पको केन्द्र जम्मुकाश्मिर र चम्बाको सीमा क्षेत्रको पाँच किलोमिटर गहिरोमा रहेको बताइएको छ ।