logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवाहित पुरुष पराई स्त्रीसँग यसकारण सम्बन्ध गाँस्छन् !


अंकुरण खबर
2.548K
Shares

विवाह पश्चात पुरुष होस् या महिला तेस्रो व्यक्तिसँग सम्बन्ध गाँस्न पुगेका खबरहरु हाम्रो समाजमा निकै नै आइरहेका हुन्छन् । विवाहित पुरुष वा महिलाले शरीरिक वा मानसिक रुपमा परपुरुष वा परस्त्रीसँग सम्बन्ध गाँस्नु कदापि राम्रो होइन । तर पनि यो सबै थाहा भएर पनि किन आफ्नो वैवाहिक सम्बन्धलाई धरापमा पुर्‍याउँछन् त मान्छेहरू ?

पुरुषहरुले परस्त्रीसँग सम्बन्ध राख्नुका केही कारणहरुबारे तल चर्चा गरिएको छ

रोमान्सका लागि : वैवाहिक जीवनमा पुरुषहरु चाँडै नै कुनै न कुनै चिजबाट बोर हुन्छन् । जसले गर्दा दाम्पत्य सम्बन्ध बाहेक जिन्दगीमा नयाँ रोमाञ्चकताको लागि परस्त्रीसँग सम्बन्ध गाँस्न पुग्छन् । तर बिर्सिन्छन् कि यसबाट उनीहरुको जीवनमा ठूलो आँधिबेरी आउनेछ ।

बोरिङ : सम्बन्ध विवाहपछि घर९परिवार र बच्चाहरुको जिम्मेवारीका बीच दम्पतीहरू एक९अर्कासँग प्रशस्त समय बिताउँन पाउँदैनन् । यसबाट सम्बन्धमा खल्लोपना र गह्रुङ्गोपना सुरु हुन्छ । यस्तो अवस्थामा कैयौं पुरुषहरु परस्त्री प्रति आकर्षित हुन्छन् ।

साथीहरुलाई रवाफ देखाउन : विवाहित पुरुषहरु साथीसंगतीको उक्साहटमा पनि परस्त्रीसँग सम्बन्ध राख्न पुगी रहेका हुन्छन् । पत्नीप्रति बफादार पुरुषलाई साथीहरुले ‘जोइटिंग्रे’ भनेर गिज्याउँने पनि गर्छन् । त्यसबाट पनि उनीहरुलाई अफेयर राख्ने हौसला प्राप्त हुन्छ । एजेन्सी