logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जोनसनको आम निर्वाचनको प्रस्ताव दोस्रो पटक पनि अस्वीकृत


अंकुरण खबर
923
Shares

बेलायत – निर्धारित समय अघि नै निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको दोस्रो प्रयास पनि बिफल भएको छ । सांसदहरुले जोनसनको प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।

निर्वाचन गराउनका लागि संसदमा त्यसको प्रस्तावमा तल्लो सदनको ४ सय ३४ मत आवश्यक पर्ने भएपनि २ सय ९३ मत मात्रै परेको हो । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री जोनसन कानूनी नीति मिचेर अघि बढन खोजेको आरोप लगाएका छन् ।

नियम मिचेर अघि बढे उनीमाथि कानुनी कारबाही हुने चेतावनी विपक्षीको छ । विपक्षी सांसदहरुले ब्रेक्जिट सम्झौताअघि नबढाउने कानून पारित गर्न दवाव दिदै आएका छन् । प्रधानमन्त्री जोनसन भने जुनसुकै हालतमा पनि सम्झौता अघि बढाउने प्रयासमा छन् ।

बेलायतको इयुवाट बाहिरिने समय आगामी अक्टोबर एकतिसमा सकिदैछ । त्यसअघि सम्झौता सहित या सम्झौता विना नै इयुवाट बाहिरिने सम्बन्धी कानून पारित गर्नुपर्ने बाध्यता बेलायतसँग छ ।