काबुल अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर (डल्बुटिसी) मा ११ सेप्टेम्बरमा भएको हमलाको १८औं वर्षका दिन अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासको नजिक बुधबार ठूलो विस्फोट भएको छ ।
अहिलेसम्म कुनै संगठनले विस्फोटको जिम्मा लिएको छैन । प्रत्यक्षदर्शीका अनुसार विस्फोट भएको ठाउँमा धूवाँ उडिरहेको देखिएको छ । समाचार संस्था सिन्हवाका अनुसार यो एक किसिमको रकेट ब्लास्ट हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा तालिबानीसँगको शान्ति वार्ता रद्द गरिएपछि यो घटना भएको हो ।
यो वार्ता ८ सेप्टेम्बरमा कैम्प डेविडमा हुने भनिएको थियो । काबुलमा ५ सेप्टेम्बरमा भएको कार बम विस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको ज्यान गएपछि ट्रम्पले शान्तिवार्ता रद्द गरेका थिए ।