logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इराकमा पर्व मनाउने भीड अनियन्त्रित, ३१ को मृत्यु सयौँ घाइते


अंकुरण खबर
2.886K
Shares

इराकमा मोहर्रम पर्वका अवसरमा निकालेको झाँकीमा भीड अनियन्त्रित हुँदा ३१ जनाको मृत्यु भएको छ । इराकका स्वास्थ्य विभागका प्रवक्ताका अनुसार भागदौडमा १०० जना घाइते भएका छन् ।

उनका अनुसार मर्नेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । बिबिसीका अनुसार मोहर्रमका अवसरमा सिया समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मुस्लिम समुदायको लागि मोहर्रम पर्व एक उत्सवको रूपमा लिने गरिन्छ । हरेक वर्षको सेप्टेम्बर १० तारिखमा हजारौँ मुस्लिम जनता एकजुट हुने प्रचलन रही आएको छ ।

इस्लामका प्रवर्तक पैगंबर मोहम्मदका पात्र इमाम हुसैनको निधनपश्चात उनको याद मा यो पर्व मानिदै आएको छ । उनको निधन ६८० ईस्वी मा भएको थियो । एजेन्सी