logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानमा पेट्रोलभन्दा महँगो दूध


अंकुरण खबर
2.665K
Shares

पाकिस्तानमा दूधको मूल्य वृद्धि भएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कराची र सिन्ध प्रान्तमा १४० रुपैयाँ प्रति लिटर दूध बिक्री भइरहेको छ ।

सबैभन्दा रोचक कुरा त के छ भने यहाँ पेट्रोल र डिजेलको मूल्यभन्दा दूधको मूल्य बढी छ । पेट्रोल प्रतिलिटर ११३, डिजेलप्रति लिटर ९१ रुपैयाँमा बिक्री भइरहेको भने दूधको प्रतिलिटर १४० रुपैयाँ पुगेको छ । स्थानीय व्यापारीका अनुसार दूधको अत्यधिक माग बढेकोले कराची सहर र यसका आसपासका क्षेत्रमा लिटरको १२० देखि १४० रुपैयाँसम्ममा दूध बिक्री भइरहेको छ ।

मुस्लिम धर्मावलम्बीको पर्व मुहर्रम लागि सहरका केही क्षेत्रमा स्टल राखे दूध, जुस र चिसो पानी बिक्री गरिरहेका छन् । यस क्षेत्रमा दूधको माग अत्याधिक भएकाले मूल्य वृद्धि भएको एक व्यापारीको भनाइ उद्धृत् गर्दै भारतीय सञ्चार माध्यम भासकरले उल्लेख गरेको छ । ‘हामीले प्रत्येक वर्ष दूधको स्टल लगाउँछौँ । यो वर्ष दूधको मूल्य राम्रो छु, एक अर्का दुग्ध व्यापारीले भने ,’त्यसले यसको फाइदा उठानबाट म चुक्न चाहन्न । मुहर्रमका समयमा दूधको मूल्य यति धेरै बढेको मैले जीवनभर थाहा पाएको थिइन्।’

समाचारमाध्यम मा जनाइएअनुसार दूधको मूल्यमा नियन्त्रण गर्ने निकायका कराचीका अधिकारी इफ्तिखार सलवानीले पनि दूधको मूल्यमा भइरहेको वृद्धि रोक्ने प्रयास गरेका छैनन् । यद्यपि कराचीका अधिकारीहरूले यहाँ दूधको आधिकारिक मूल्य ९४ रुपैयाँ प्रतिलिटर निर्धारण गरेका छन् । एजेन्सी