logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझै रोकिएन हङकङ प्रदर्शन


अंकुरण खबर
1.885K
Shares

हङकङ – सरकार विरोधी प्रदर्शनका क्रममा हङकङमा गएराति प्रहरी र प्रदर्शनकारीहरुबीच पुनस् झडप भएको छ ।

आइतबार दिउसोदेखि रातिसम्म नै हङकङमा प्रदर्शन भएको हो । मध्य हङकङमा प्रहरीको प्रतिबन्ध उलग्घन गर्दै भएको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा अश्रुग्यास प्रहार गरेका थियो ।

निषेधाज्ञाको उल्लङ्घन गर्दै हजारौँ लोकतन्त्र पक्षधर प्रदर्शनकारीले र्‍याली निकालेपछि तनाव उत्पन्न भएको हो । प्रदर्शनकारीहरुले रेल्वे स्टेशनमा समेत क्षति पुर्‍याएका छन् । केहीले बेलायतको कन्सुलेट बाहिर प्रदर्शन गर्दै स्वतन्त्रता सुनिश्चित गर्न दबाव दिन माग गरेका छन् ।

हङकङले केही समयअघि सुपुर्दगीसम्बन्धी विधेयक खारेज गरेपनि त्यसको विरोधमा शुृरु भएको प्रदर्शन रोकिएको छैन । पछिल्लो समय प्रदर्शनकारीले पूर्ण लोकतन्त्रको बहाली र प्रहरी दमनबारे अनुसन्धानको माग गर्दै आएका छन् ।