कलाकार एमी जैक्सनले छोरा जन्माएकी छन् । एमी आफु गर्भवती भएकोमा धेरै खुसी थिइन् । उनले सामाजिक सञ्जालमा वेबी बंपको धेरै तस्बिरहरु सेयर गदै आएकी थिइन् ।
सामाजिक सञ्जालमा उनले एक तस्बिर सेयर गर्दै आफु खुसी भएको बताएकी छन् र उनको साथमा उनको मंगेतर पनि रहेका छन् । उनी एमीको निधारमा किस गर्दै गरेको अवस्थामा देखिएका छन् ।
एमीले तस्बिरको साथमा क्यापसनमा लेखेकी छन् –‘ हाम्रो एञ्जल एड्रिआज तिमीलाई यो दुनियामा स्वागत छ ’ उनको यो तस्बिरमा धेरैले बधाई दिएका छन् । एजेन्सी