logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको पुणेमा पर्खाल ढल्दा ७ जनाको मृत्यु


अंकुरण खबर
923
Shares

भारतको महाराष्ट्रस्थित पुणेमा वर्षाका कारण गम्भीर अवस्था उत्पन्न भएको छ । अविरल वर्षाका कारण आएको बाढीका कारण यहाँका केही विद्यालय तथा कलेज बन्द गरिएको छ ।

पुणे जिल्लाका कलेक्टर नवलकिशोर रामले बिहीबार पुणे सहर, पुरन्दर, बारामती, भोर र हवेली क्षेत्रका विद्यालय तथा कलेजमा छुट्टी भएको घोषणा गरेका छन् । यसैबीच, पुणेमा भारी वर्षाका कारण पर्खाल ढल्दा ठूलो दुर्घटना भएको छ । सो दुर्घटनामा परेर सातजनाको ज्यान गएको छ ।

सहकारनगर क्षेत्रमा बुधबार एक पर्खाल ढल्दा ६ जनाको मृत्यु भएको थियो, जबकि अर्को एक शव राष्ट्रिय आपत् प्रतिक्रिया बल (एनडिआरएफ) बिहीबार बिहान सिंहगढ सडककोको नजिक एउटा नहरमा भेटेको थियो । मर्नेमध्ये एक नाबालक हुन् ।