logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आजबाट हट्दैछ ‘फेसबुक स्टोरीज’ को यो फिचर


अंकुरण खबर
1.313K
Shares

लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले २६ सेप्टेम्बरबाट आफ्नो एक मुख्य फिचर बन्द गर्न गइरहेको छ । विशेषगरी यो फिचर फेसबुक ग्रुपसँग जोडिएको ‘ग्रुप स्टोरीज’ रहेको छ ।

यसअघि ग्रुप एडमिनहरु र मेम्बर्सले आफ्नो फेसबुक ग्रुपमा भिडियो वा तस्विरहरुलाई स्टोरीमा जसरी पोस्ट गर्न मिल्ने अप्सन दिइएको थियो । यो स्टोरी पनि २४ घण्टापछि आफैँ डिलिट हुने गर्थ्यो । फेसबुकले आफ्नो जारी बयानमा भनेको छ, ‘हामीले ग्रुप स्टोरीजलाई बन्द गर्न गइरहेका छौँ । धेरैभन्दा धेरै प्रयोगकर्तालाई जोड्न सकियोस् भन्नका लागि हामी प्रयासरत छौँ ।’

सामाजिक सञ्जाल समिक्षक म्याट नभराले पनि ट्विट गर्दै फेसबुक ग्रुप स्टोरीजले २६ सेप्टेम्बरदेखि काम नगर्ने जाकारी दिएका छन् । प्रत्येक महिना फेसबुकमा करिब डेढ अर्ब प्रयोगकर्ता ग्रुपको प्रयोग गर्छन् । यद्यपि, यो फिचर हटेपछि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत स्टोरी फिचरमा भने कुनै परिवर्तन हुने छैन ।

फेसबुकले हालैबाट व्हाट्सएप स्टोरीजलाई पनि फेसबुकमा सेयर गर्ने अप्सन सुरु गरेको छ । यसमा व्हाट्सएप स्टोरीलाई सिधा फेसबुकमा सेयर गर्न सकिन्छ । एजेन्सी