logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवैध हतियारको मुद्दामा सलमान आज अदालतमा पेश


अंकुरण खबर
1.586K
Shares

बलिउड स्टार सलमान खानले कालो हरिणको शिकार गरेकोमा मुद्दा लागेको थियो । खान आज अदालतमा पेश हुँदैछन् । भारतको जोधपुरमा कालो हरिणको शिकार र अवैध हतियारको मुद्दामा शुक्रबार जोधपुर ग्रामीणको जिल्ला र सेशन न्यायलयमा पेश हुन लागेका हुन् ।

खान यसअघि अदालतमा पेश भएका थिएनन् जसका कारण अदालतले उनलाई यो पटक नआए कडा कारबाही गर्ने बताएको थियो । उक्त समयमा खान नआएपछि उनलाई अदालतले आजको मितिमा अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो ।

यहि कारण आज भने सलमान खान अदालतमा पेश हुन सक्ने अनुमान गरिएको छ । तर आजको ठीक एक हप्ता अगाडि सलमान खानलाई सामाजिक संजालमा ज्यान मार्ने धम्की दिइएको थियो ।  उनले संचालन गर्दै आएको बिग बोसको १३औं सिजन पनि आगामी आइतबारबाट सुरु हुँदैछ । एजेन्सी