logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैंलाई लक्षित गर्दै आजबाट यात्रुवहाक बसको रुट परमिट खुला


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – दशैंलाई लक्षित गर्दै यात्रुवाहक सवारी साधनका लागि आजबाट बाटो इजाजत पत्र  ‘रुट परमिट’ खुला भएको छ । यातायात व्यवस्था विभागले आगामी असोज १९ गतेसम्मका लागि इजाजत पत्र खुला गरेको हो ।

दशैंमा यात्रुको आगमनलाई सहज र व्यवस्थित होस भनेर यस्तो ब्यवस्था गरिएको हो । इजाजत पत्र खुला गरेपछि यात्रुबहाक सवारी साधन जतापनि जान पाउनेछन् । साथै यात्रुलाई गन्तव्यमा पुर्‍याउन र ल्याउनका लागि पालो समेत पर्खनु नपर्ने विभागले जनाएको छ ।

आजैबाट काठमाडौं भित्रिने ठूला मालबहाक सवारीमा रोक लगाइएको छ । यात्रुको आवागमन र ट्राफिक व्यवस्थापनमा समस्या नहोस भनेर यस्तो व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी साधन व्यवस्थापन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच सय युवा स्वयमसेवक समेत परिचालन गरेको छ । स्वयंसेवकलाई प्रारम्भिक चरणको प्रशिक्षण समेत दिइएको छ । उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष समेत सञ्चालन गरिएको छ ।