logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा लडाकु विमान दुर्घटना, ७ जनाको मृत्यु


अंकुरण खबर
2.106K
Shares

अमेरिका – अमेरिकाको केन्टुकीमा लडाकु विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दोस्रो विश्वयुद्धका बेला प्रयोग हुने खालको लडाकु विमान केन्टुकी राज्यको विमानस्थलमै दुर्घटना भएको हो ।

बुधबार उडेको पाँच मिनेटमै समस्या देखिएपछि फर्कने क्रममा विमानस्थलमै बी–सेभिन्टन विमान दुर्घटनामा परेको हो । दुर्घटनाको समयमा विमानमा १३ जना यात्रु सवार रहेका थिए ।

दुर्घटनममा बाँचेका सबैको अवस्था गम्भिर रहेको छ । विमान सर्वसाधारणको प्रयोगका लागि दर्ता भएको र सेनाले नचलाएको बताइएको छ ।

दुर्घटना भएको बिमान दोस्रो विश्वयुद्धको समयमा हवाई आक्रमणका लागि प्रयोग हुने गरेको थियो ।