logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएपछि बग्दादमा अनिश्चितकालीन कर्फ्यू


अंकुरण खबर
2.977K
Shares

इराक – इराकको राजधानी बग्दादमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको छ । प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएका छन् ।

प्रदर्शन चर्किएपछि सरकारले बग्दादमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । बग्दादको सुरक्षित स्थल मानिएको ग्रिन जोनमा गएराति विस्फोट समेत गराइएको छ । ग्रिज जोनमा मन्त्रालय र दूतावासहरु रहेका छन् । प्रदर्शनका कारा सरकारी कार्यालयहरु बन्द छन् भने इन्टरनेट सेवा पनि बन्द गराइएको छ ।

इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले सत्ता सम्हाले यता इराकमा नियमित जस्तो प्रदर्शन हुँदै आएको छ । मुलुकमा बेरोजगारी र भ्रष्टाचार बढेपनि सरकारले केही गर्न नसकेको आरोप लगाउदै आएका छन् ।