logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इराकमा प्रदर्शन थप चर्कियो, प्रधानमन्त्रीद्वारा आन्दोलनकारीसँग वार्ताको आह्वान


अंकुरण खबर
1.001K
Shares

इराक सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएपछि इराकका प्रधानमन्त्री आदेल अब्दुल महदीले वार्ताको आह्वान गरेका छन् । राजधानी बग्दादमा भएको प्रदर्शनमा बीस जनाको मृत्यु भएपछि उनले वार्ताको आह्वान गरेका हुन् ।

भ्रष्टाचार र बेरोजगारी बढेको भन्दै तीन महिनादेखि इराकमा प्रदर्शन जारी छ । वार्तावाटै समस्याको समाधान गर्ने प्रतिबद्धतापनि प्रधानमन्त्री आदेलले ब्यक्त गरेका छन् ।

सरकारले शान्तिपुर्ण आन्दोलनमा दमन गरेको भन्दै प्रदर्शनकारी भने आक्रोशित भएका छन् । प्रदर्शन चर्किएपछि सरकारले बग्दादमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।