logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियाका रक्षामन्त्रीमाथि चक्कु प्रहार, अवस्था गम्भिर


अंकुरण खबर
2.665K
Shares

इन्डोनेसियाका रक्षामन्त्री विरान्टोलाई दुई व्यक्तिले चक्कु प्रहार गरेका छन् । बिहिबार जाभा द्धीपको बान्टेन प्रान्तको पान्डेग्ल्याङ् सहर अवलोकन गर्न पुगेका रक्षामन्त्रीमाथि दुई व्यकितले चक्कु प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इन्डोनेसियाली राष्ट्रिय प्रहरीका प्रवक्ता डेडी प्रासेत्योले घटनाको पुष्टि गर्दै एक आक्रमणकारी पुरुष र एक संदिग्ध महिलालाई पक्राउ गरिएको सञ्चारमाध्यमसँग बताएका छन् । स्थानीय समयअनुसार, विहानको करिब ११ः ५५ बजेतिर विरान्टोमाथि आक्रमण भएको बताइएको छ ।

पक्राउ परेका उक्त पुरुष ‘आइएस कट्टरपन्थी’को सम्पर्कमा रहेकाले उनी आतकंकवादी इस्लामिक स्टेटसँग सम्बन्धि व्यक्ति हुन सक्ने प्रहरीले एएफपीसँग बताएको छ । एजेन्सी ।