logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको उत्तर प्रदेशमा ग्यास सिलिण्डर पड्किँदा १० को मृत्यु, १५ भन्दा धेरै घाइते


अंकुरण खबर
949
Shares

भारतको उत्तर प्रदेशमा ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु भएको छ भने दुईतले घर भत्किँदा एक दर्जन भन्दा धेरै मानिसहरु पुरिएका छन् । १५ जना भन्दा धेरै घाइते भएका छन् ।

मोहम्दाबादको बलिदपुर गाउँमा यो विष्फोट भएको हो । प्राप्त जानकारीका अनुसार एक घरमा रसोई ग्यासको सिलिण्डर विष्फोट भयो जसकारण दुईतले भवन भत्कियो । अचानक भएको यो घटनामा परिवारका सबै सदस्यको मृत्यु भएको बताइएको छ । भवन भत्किँदा च्यापिएका मानिसहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।

ठूलो संख्यामा प्रहरी खटिएका छन् । विष्फोट कसरी भयो त्यसको जानकारी प्राप्त भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।