logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानमा आँधीबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो


अंकुरण खबर
637
Shares

जापानमा आएको शक्तिशाली हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। आँधीका कारण १५ जना हराइरहेका छन् भने १ सय ९८ जना घाइते भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।

आँधी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सेना परिचालन गरी राहत तथा उद्धारको काम जारी राखिएको छ। बीबीसीका अनुसार राहत र उद्धार कार्यका लागि करिब १ लाख १० हजार मानिस परिचालन गरिएको छ।

त्यहाँको मौसम विभागका अधिकारीहरुका अनुसार सामान्यतया वर्षभरी हुने वर्षाको करिब ४० प्रतिशत वर्षा हागबिस आँधीका कारण १/२ दिनभित्रमा भएको थियो । बाढीले २१ वटा नदीको बाँध फुटाएको जापानको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। एजेन्सी