logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भारतको रेलवे स्टेशनमा मुसा आतंक, मुसा मार्न प्रत्येक दिन १६६ कर्मचारी परिचालन !


अंकुरण खबर
1.989K
Shares

भारतको एउटा रेलवे स्टेशन मुसाको आतंकबाट हैरान छ । यी मुसा पकड्न दैनिक एक सय ६६ कर्मचारी परिचालिने गरिन्छ । सुन्दा अचम्म लाग्न सक्छ, यी मुसालाई नियन्त्रणमा लिन हरेक दिन दुई लाख ३० हजार रुपैयाँ खर्च हुने गरेको छ ।

भारतीय रेलवेको सेन्ट्रोल जोनको नागपुर स्टेशनमा मुसाको भीषण आतंक चलिरहेको छ । पछिल्लो दुई वर्षमा यस स्टेशनमा मुसा आतंकलाई नियन्त्रण गर्न मात्रै १० करोड बढी भारु खर्च भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छन् । भारतीय रेलवेको केही स्टेशनमा मात्रै होलान्, जसमा मुसा आतंक कम गर्न पैसा पानी जसरी नलगाइएका होलान् ।

यसअघि चेन्नाई डिभिजनद्वारा मुसा मार्नका लागि हरेक दिन २२ हजार भारु खर्च भइरहेको तथ्य वाहिर आएको थियो । तर, नागपुर रेलवे स्टेशनको अवस्था चेन्नाईको भन्दा खराब रहेको बताइएको छ । नागपुर डिभिजन कार्यालयका अनुसार, नागपुर रेलवे स्टेशनमा ८ प्लाटफर्म, १० ट्र्याक (रेलवे लाइन) र अन्य थुप्रै कार्यालय छन् ।

रेलवे लाइनसहित यी सबैमा मुसाको नोक्सानबाट बच्न हरेक दिन केही संख्यामा कर्मचारी खटाउने गरिएको छ । एजेन्सी