logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

टर्कीसँग व्यापार वार्ता रोक्ने ट्रम्पको चेतावनी


अंकुरण खबर
832
Shares

अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीसँगको व्यापार वार्ता रोक्ने चेतावनी दिएका छन् । टर्कीले उत्तरी सिरियामा आक्रमण थालेपछि ट्रम्पले उसँगको अर्बौको व्यापार वार्ता रोक्ने चेतावनी दिएका हुन् ।

कुर्दविरुद्ध सैन्य कारवाही सुरु गरेर टर्कीले आफ्नै मुलुकको अर्थतन्त्र तहसनहस पार्न लागिपरेको ट्रम्पको टिप्पणी छ । उनले टर्कीका सरकारी अधिकारी, निकायसँगै सहयोगीमाथि प्रतिवन्ध लगाउन आदेश समेत दिएका छन् ।

अमेरिकाले टर्कीका रक्षामन्त्री हुलुसी आकर, गृहमन्त्री सुलेमान सोयलु र उर्जा मन्त्री फाती डोन्मेजलाई कालोसूचिमा राखेको छ । अमेरिकामा रहेको उनीहरुको सम्पति जफत गर्नुका साथै अमेरिकी नागरिक वा संस्थासँगको कारोवारमा समेत प्रतिबन्ध लगाइएको छ ।