साउदी – साउदी अरेबियामा तीर्थयात्री बोकेको बस लोडरसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ ।
बुधबार साँझ अल–अखल क्षेत्रमा बस दुर्घटना भएको भएको हो । बसमा रहेका अन्य चार यात्रु गम्भिर घाइते भएका छन् ।
घाइतेहरुको अल हमना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने एसियाली र अरब मुलका नागरिक रहेको साउदी प्रहरीले जानकारी दिएको छ ।