टर्की – टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले तोकिएको समयमा तोकिएको समयमा उत्तरी सिरिया नछाडने कुर्दिस लडाकुको टाउको काटने चेतावनी दिएका छन् । बिहीबारदेखि पाँच दिनका लागि भन्दै अस्थायी युद्धविरामको समयभित्र उत्तरी सिरिया छाडन उनले कुर्दिस लडाकुलाई चुनौती दिएका हुन् ।
पूर्व सहमति अनुरुप मंगलबार बेलुकासम्म कुर्दिस लडाकु नबाहिरिए उनीहरुमाथि कडा सैन्य अभियान चलाइने राष्ट्रपति एर्डोगानको भनाइ छ । टर्की कुर्दिस बिद्रोहीलाई आतंकवादी मान्दै आएको छ ।
यसअघि टर्कीले सिरियाको उत्तरी क्षेत्रमा कुर्दिसलाई लक्षित गरेर अक्टोबर नौ वाट सैन्य आक्रमण गरेको थियो । उत्तरी सिरियामा सिरियाका शरणार्थी राख्ने सुरक्षित स्थान बनाउने टर्कीको योजना छ ।
तर अल्पकालीन युद्धविरामको पालना नभएको पर्यबेक्षकहरुले बताएका छन् । दुवै पक्षले युद्धविरामको उल्लंघनको आरोप एकअर्कामाथि लगाएका छन् । युद्धविरामका बाबजुद उत्तरी सिरियामा हिंसा जारी छ । जारी हिंसाका कारण उत्तरी सिरियाबाट हालसम्म तीन लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन ।