चिली – चिली सरकारले मेट्रो रेलको टिकटमा गरिएको मूल्यबृद्धि स्थगित गरेको छ । निर्णयको विरोधमा राजधानीमा हिंसात्मक झडप भएपछि राष्ट्रपति सेबास्टिन पीनेराले निर्णय स्थगित गरेका हुन् ।
मेट्रो रेलको टिकटमा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले मेट्रो रेल सञ्चालन हुने स्थानमा तोडफोड गरेका थिए ।
प्रदर्शन उग्र भएपछि सरकारले राजधानी सान्टियागोमा कफ्र्यू समेत लगाउनुपरेको थियो । इन्धनको मूल्य बढेको र मुद्राको मूल्य घटेको भन्दै सरकारले मेट्रो रेलको भाडा दर करिव १ दशमलव १७ डलरले बढाएको थियो ।