logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अज्ञात समूहको आक्रमणबाट पाँचको मृत्यु


अंकुरण खबर
2.327K
Shares

बुर्किनाफासो – उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ ।

आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु हुनुका साथै अरु ११ जना घाइते भएका छन् । सेनाद्वारा जारी विज्ञप्तिमा शनिबार बिहानीपख करिब ३ बजे लोरोम र यातेंगा प्रान्तमा एकै पटक आक्रमण भएको उल्लेख छ । सन् २०१५ देखि बुर्किनाफासोमा आतंकवादी आक्रमण हुने गरेको छ ।

यी आक्रमणबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने दुई लाख ८० हजार मानिस विस्थापित भएका छन् । पश्चिम अफ्रिकी मुलुक बुर्किनाफासोमा पछिल्ला केही दिनदेखि आतंकवादी हमलाहरु भइरहेका छन् ।

अघिल्लो हप्ता पनि एक मस्जिदमा भएको घातक हमलामा कम्तीमा १५ जनाको ज्यान गएको थियो ।