logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिली आन्दोलन : ८ जनाको मृत्यु, १४ सय बढी प्रहरी नियन्त्रणमा


अंकुरण खबर
1.17K
Shares

चिली – चिलीमा मेट्रो रेलमा गरिएको भाडाबृद्धिको विरोधमा शुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ । शुक्रबारदेखि शुरु भएको आन्दोलनका क्रममा आठजनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।

चौधसय भन्दा धेरै मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लोपटक राजधानी स्यान्टिएगो नजिकैको एउटा कपडा कारखानामा आगो लगाउदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लुटेराहरूले कपडा कारखानामा आगो लगाएको अनुमान गरिएको छ ।

यसअघि शनिबार दुईवटा सुपरमार्केटमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको थियो । सरकारले भाडादर स्थगित गरेपनि विद्यार्थीहरुले प्रदर्शन रोकेका छैनन् । प्रदर्शन रोक्न प्रहरीले राजधानीमा रात्रीकालिन कफ्र्यू लगाइएको छ । केहीदिनदेखि सार्वजनिक यातायात समेत ठप्प भएको छ ।