logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माया भनेको त यस्तो होस , वैवाहिक एनिर्भसरीमा श्रीमानले मृगौला नै उपहार दिए…


अंकुरण खबर
4.511K
Shares

श्रीमानले श्रीमतीलाई विवाह एनिभर्सरीमा सामान्यतया लुगा, गरगहना इत्यादी उपहार दिने गर्दछन् । कसैले महंगा महंगा सामानहरु पनि दिन्छन् । तर अमेरिकामा एक श्रीमानले भने आफ्नो श्रीमतीलाई अंग नै उपहार दिएका छन् ।

आफ्नो २३ औं एनिभर्सरीमा आफ्नो अंग नै उपहार दिएका हुन् । ति श्रीमानले मेमोरियल रिजनल हस्पिटलमा उपचार गराईरहेकी श्रीमतीलाई मृगौला नै उपहार दिएका हुन् । ४० वर्षिया मोनिका र ५२ वर्षीय सेजरले २३ वर्ष अगाडी विवाह गरेका थिए।

मोनिकालाई केही वर्षदेखि मृगौलामा समस्या देखिएको थियो । जसले गर्दा विगत दुई वर्षदेखि उनको डायलासिस चलिरहेको थियो। पछिल्लो समयमा डाक्टरहरुले उनलाई मृगौला फेर्न पाएमा स्वस्थ हुने बताइरहेका थिए । त्यसैले पेशाले कम्प्युटर नेटवर्क टेक्निसियन उनका श्रीमानले मृगौला उपहार दिएका हुन् ।

आफुलाई नयाँ जीवन दिएको मोनिका श्रीमानप्रति निकै नै आभारी छिन् । उनी भन्छिन्, मृगौला सम्बन्धी रोग मेरो वंशाणुगत रोग हो । मेरा श्रीमानले म बिरामी हुँदा मेरो उचित हेरचाह गर्ने र जीवनको लागि हौसला दिने त गरे नै, अहिले हाम्रो एनिभर्सरीको मौका पारेर आफ्नो मृगौला समेत उपहार दिए । म भाग्यमानी हूँ की, मैले उनीजस्तो श्रीमान पाएँ । एजेन्सी