logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अक्षयले धेरै पैसा डिमाण्ड गरेपछि हातबाट फुत्किए दुई फिल्म


अंकुरण खबर
2.379K
Shares

बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार । पछिल्लो समय उनी आफैँ नै फिल्म उद्योग हुन् । उनले निर्माण गरेका फिल्महरु सुपरहिट रहेका छन् ।

उनलाई साइन गराउन निर्माताको दाँतबाट पसिना आउन थालेको छ । सोही कारण पनि हुनसक्छ अक्षय आफ्नै लगानीमा फिल्म निर्माण गर्दै आइरहेका छन् ।

तर, यसको असर उनको अन्य फिल्ममा परेको छ । उनी महँगीएपछि अर्का अभिनेता कात्र्तिक आर्यनलाई दाउ परेको छ । उनी हेरा फेरी ३ मा अनुबन्ध भएका छन् । उनले केही दिन अगाडि भुलभुलैया २ को सुटिङ सकिसकेका छन् ।

यसभन्दा अघि अक्षयले यी फिल्ममा काम गरेका थिए जुन सुपरहिट भएका थिए । तर, अक्षयले धेरै पैसा डिमाण्ड गरेपछि उनको विकल्पमा कात्र्तिक अगाडि आएका छन् । एजेन्सी