मेक्सिको सिटी – पश्चिम मेक्सिको सिटीमा बिहीबार एक सानो विमान दुर्घटना भएको छ । विमानमा सवार पाँचै जनाको मृत्यु भएको छ ।
अहिले विमान दुर्घटनामा पर्नुको कारण खोजी भइरहेको छ । अधिकारीहरुका अनुसार विमान मेक्सिको सिटीबाट लगभग ४६० किलोमिटर टाढा लस जुन्टासस्थित मडेरो टाउनसिपमा दुर्घटनामा परेको हो । विमान दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छैन ।
मिसौकेनको सार्वजनिक सुरक्षा एजेन्सीका अनुसार विमान उत्तरी राज्य ड्युरेंगोबाट उडेको थियो, जसमा ६ जना सवार थिए ।