logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आतंककारीको आक्रमणमा ५३ सैनिकको मृत्यु


अंकुरण खबर
1.703K
Shares

मालीको एउटा सैनिक कार्यालयमा  भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् ।

इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाइ छ। आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ। नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ। फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिंसा अन्त्य भने हुन सकेको छैन ।