logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जोकोभिक पेरिस मास्टर्स टेनिसको फाइनलमा


अंकुरण खबर
1.937K
Shares

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकले पेरिस मास्टर्स टेनिसको फाइनलमा स्थान पक्का गरेका छन् ।

शनिबार राति भएको सेमिफाइनलमा ग्रिगोर दिमित्रोभलाई हराउँदै जोकोभिक फाइनल पुगेका हुन् । उनले ग्रिगोरमाथि ७–६ ९७–५० र ६–४ को नतिजा निकाल्दै फाइनल यात्रा तय गरेका हुन् ।

दोस्रो वरीयताका स्पेनिस खेलाडी राफेल नाडाल भने सेमिफाइनलबाट बाहिरिएका छन् । उनी चोटग्रस्त भएकाले उनले नाम फिर्ता लिएका हुन् । नाडालले नाम फिर्ता लिएपछि डेनिस सापोभालोब फाइनल पुगेका छन् । एजेन्सी