logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरियामा कार बम विस्फोट, १३ जनाको मृत्यु


अंकुरण खबर
4.16K
Shares

उत्तरी सिरियामा कार बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । उत्तरी शहर तल अब्यादमा भएको बिस्फोटमा बीस भन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा टर्की समर्थिक लडाकु र सर्वसाधारणहरु रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटको जिम्मेबारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।

तर टर्कीले भने विस्फोटमा ‘पिपुल्स प्रोटेक्सन युनिट्स’को सग्लनता रहेको दावी गरेको छ । अमेरिकी सेना फिर्ता भए लगत्तै उत्तरी सिरियामा टर्कीले आक्रमण गर्दै आएको छ ।

सो स्थानमा टर्की र कुर्द बिद्रोहीबीच युद्ध हुँदै आएको छ । आफ्नो सीमा नजिकैको क्षेत्रमा सिरियाका शरणार्थीलाई राख्ने सुरक्षित स्थान बनाउने योजना टर्कीको छ ।