logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतमा ३९ जनाको शव भेटिएको घटनामा ८ जना पक्राउ


अंकुरण खबर
1.898K
Shares

बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले दाबि गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ८ जनालाई पक्राउ गरेको हो ।

बेलायतको राजधानी लन्डनदेखि पूर्वमा पर्ने ग्रेज एसेक्स औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र ती ३९ शव फेला परेको थियो । भियतनामी समाचार संस्थाले पनि उनीहरु पक्राउ परेको पुष्टी सहितको समाचार सम्प्रेषण गरेका छन् ।

यसअघि शवहरू फेला परेपछि उत्तरी आयरल्यान्डका ट्रक चालक मोरिस रबिन्सनलाई पनि बेलायती प्रहरीले पक्राउ गरेको थियो ।