logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा मजदुर हत्याका दोषीलाई घातक सुई लगाएर मृत्युदण्ड


अंकुरण खबर
2.197K
Shares

२०७६ अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ। अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीले बताएका छन्।

राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदुरको हत्या गरेको पुष्टि भएको थियो। उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश गरेका थिए। राइन्सका वकिलले भने समलिंगी भएकै कारण मृत्युदण्ड दिइएको दाबी गर्दै आएका थिए।

तर, साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको बताउँदै यौन विभेदका आधारमा अदालतले आदेश नदिएको जिकिर गरेका छन्। एजेन्सी