logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुलबुल आँधीका कारण बंगलादेश र भारतक‍ो जनजीवन प्रभावित


अंकुरण खबर
1.56K
Shares

बुलबुल आँधीका कारण भारत र बंगलादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।

आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो छ । आँधीमा कारण पश्चिम बंगालमा दुई जनाको मृत्यु भएको छ । दर्जनौ घाइते भएका छन् । सो क्षेत्रका विमानस्थल र बन्दरगाहहरु बन्द गरिएको छ ।

मुख्यमन्त्री ममता बेनर्जीले नागरिकलाई सुरक्षित स्थानमा बस्न अपिल गरेकी छिन । १ सय ५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीका कारण तटीय क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

उता बंगलादेशको मार्टिन टापुमा आँधीमा सयौं मानिस फसेका छन् । एकलाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । एजेन्सी