भारतका चर्चित प्रमुख निर्वाचन आयुक्त टीएन शेषनको आइतबार राति साढे ९ बजे चेन्नईमा आफ्नो आवासमै ८६ वर्षको उमेरमा निधन भएको छ । १९५५ ब्याचका आइएएस अधिकारी रहीसकेका उनी १२ डिसेम्बर १९९०मा भारतको १० औ प्रमुख निर्वाचन आयुक्त छानिएका थिए । कर्मचारीको रुपमा उनले जति नाम भारतमा कसैले पनि कमाउन नसकेको बताइने गरेको छ । विभिन्न मन्त्रालयका सचिव हुँदै मुख्य सचिव र त्यसपछि उनी प्रमुख निर्वाचन आयुक्त भएका हुन् ।
भारतको चुनावमा आम सुधार गर्ने श्रेय समेत उनैलाई जान्छ । उनले आफू रहेको मन्त्रालयमा मन्त्रीलाई समेत सुधारेको बताइने गरेको छ । उनले प्रमुख निर्वाचन आयुक्त भएपछि ‘राजनीतिज्ञलाई मैले ब्रेकफास्टमा खान्छु’ भनेको कुरा सधैं चर्चित भएको थियो । (बीबीसी)