logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा ४ प्रहरी अधिकृत मारिए


अंकुरण खबर
2.08K
Shares

तालुक्वान, अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन्।

तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल हकिमी र उनका अरु तीन जना सहकर्मीको मृत्यु भएको छ,’ तखार प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता जवाद हिजीरीले सिन्ह्वासँग भने ।

घटना भएको ठाउँ प्रहरी प्रमुख हकिमीको गृहजिल्ला जाने बाटोमा पर्दछ । त्यो क्षेत्र तालिबान लडाकूहरुको बढी प्रभाव रहेको क्षेत्र मानिन्छ ।