logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

श्रीलंकाको नयाँ राष्ट्रपतिमा गोतबाया राजपाक्षे


अंकुरण खबर
962
Shares

श्रीलंकाको नयाँ राष्ट्रपतिमा गोतबाया राजपाक्षे चुनिएका छन् । शनिवार सम्पन्न चुनावमा ७० वर्षीय गोतबायाले ५०.७ प्रतिशत मत पाएका छन् भने प्रतिद्धन्दी सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासाले ४३.८ प्रतिशत मत पाएका हुन् ।

सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिएका छन् । गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् । गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए ।

उनले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न बनाएका थिए । सिंहाली बाहुल्य रहेको क्षेत्रमा उनले ६० प्रतिशतभन्दा बढी मत पाएको बताइएको छ । राजापाक्षेले सोमबारसम्म सपथ लिने बताइएको छ ।