logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बोबडे बने भारतको ४७ औं प्रधानन्यायाधीश


अंकुरण खबर
1.066K
Shares

भारतको सर्वोच्च अदालतका न्यायाधीश शरद अरविन्द बोबडे भारतका ४७औं प्रधानन्यायाधीशका रूपमा शपथ लिएका छन् ।

बोबडेलाई राष्ट्रपति रामनाथ कोविन्दले प्रधानन्यायाधीशको पदको शपथ दिलाए।

आइतवार सेवानिवृत्त भएका पूर्व प्रधानन्यायाधीश रञ्जन गोगोईले नै न्यायाधीश बोबडेको नाम सिफारिश गरेका थिए। प्रधानन्यायाधीशका रूपमा बोबडेले १८ महिना काम गर्नेछन्।

१९५६ को अप्रिल २४ मा नागपुरमा जन्मिएका उनले नागपुर विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् ।