श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटाबय राजापाक्षले श्रीलंकनहरुको मुटुमा नेपालको विशेष स्थान रहेको बताएका छन् ।
बुद्धको जन्मभूमि रहेकाले नेपालप्रति श्रीलंकनहरुको विशेष आस्था र सम्बन्ध रहेको राष्ट्रपति राजपाक्षेले उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा विजयी भएकोमा राजापाक्षलाई बधाई दिँदै ट्वीट गरेका थिए।
राजपाक्षेले त्यसलाई रिट्वीट गर्दै धन्यबादसहित सार्क क्षेत्रका राष्ट्रहरुको शान्तिपूर्ण सहअस्तित्व तथा आर्थिक विकासको पक्षमा रहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीसँग चाँडै भेट हुने अपेक्षा पनि गरेका छन् ।
राजपाक्षे हालै भएको चुनावमा विजयी भएर श्रीलंकाको राष्ट्रपति बनेका हुन्।