इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ । त्यहाँका महान्यायाधिवक्ताले प्रधानमन्त्री नेतन्याहुमाथि घुस लिएको, जालझेल गरेको र भरोसा तोडेको अभियोग लगाएका छन् ।
नेतन्याहुमाथि आरोप छ कि उनले धनी व्यापारीसँग उपहार लिएका छन् र आफ्नो पक्षमा सकारात्मक समाचारका लागि मिडियाको दुरुपयोग गराएका छन् । नेतन्याहुले भने यी सबै आरोप अस्वीकार गरेका छन् । उनले गलत मनसायका साथ आफूमाथि यस्ता आरोप लगाइएको बताएका छन् ।
उनले आफू राजीनामा दिने पक्षमा नरहेको बताएका छन् । राजीनामा दिन कानुनी रुपमा आफूलाई बाध्यता नरहेको उनको भनाई छ । उनले आफूलाई पदबाट हटाउन ठूलो चलखेल भइरहेको आरोप लगाए ।